राष्ट्रियसभा,मतदाता नामावली र स्थानीय तह निर्वाचनका विषयमा छलफल


निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने १७ दलसँग छलफल गरेको छ । राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय तह निर्वाचनका विषयमा छलफल गरेको छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

१७ दललाई बोलाइएको छलफलमा १५ दलका तर्फबाट सुझाव राखेका थिए ।“निर्वाचन आयोगका तर्फबाट पर्याप्त तयारी गर्नुभएको रहेछ, संवैधानिक र कानुनी जटिलता र निर्वाचनको अपरिहार्यताका विषयमा दलहरुको सुझाव लिनुभएको छ,” कांग्रेस नेता लेखकले भने, “राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय तह निर्वाचनका विषयमा उहाँहरुले सुझाव लिनुभएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *