आठ महिना पछि पनि पूरा भएन होल्डिङ सेन्टर निर्माणको काम


सरकारले ५ वैशाखमा ८ सीमा नाकामा एक/एक हजार बेडका होल्ङिसेन्टर बनाउने निर्णय गरे पनि सरकारी निर्णयको आठ महिना पूरा हुँदासमेत होल्डिङ सेन्टर निर्माण भने पूरा भएको छैन ।सरकारले मुलुकका खुला गरिएका १३ सीमा नाकामध्ये धेरै आवतजावत हुने ८ नाकामा होल्डिङ सेन्टर बनाउन नेपाली सेनालाई गत १३ वैशाखमा नै जिम्मा दिएको थियो । जसअनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकडभिट्टा, मोरङको रानी भन्सार, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगन्ज र बाँकेको नेपालगन्जमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।तर, निर्णय भएको आठ महिनामा समेत काम पूरा नहुँदा र संक्रमण बढ्दा नाका हुँदै आएकालाई व्यवस्थापन गर्न असहज बनेको हो ।
निर्माणको जिम्मा पाएको नेपाली सेनाले भने पहिले जग्गा प्राप्तिमा नै समस्या उत्पन्न भएको र पछि वजेट निकासामा ढिलाइ हुँदा समयमा काम सक्न असहज भएको दाबी गरेको छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले निर्णय भएपछि जग्गा खोजिएको र जग्गा प्राप्त भएपछि बजेट समयमा निकासा नहुँदा निर्माण कार्यमा ढिलाइ भएको जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *