गठन भएको ५ महिना बित्दासमेत किन बस्न सकेन् लोसपाको कार्यकारिणी बैठक


पार्टीको कार्यकारिणी समितिको बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन भएको ५ महिना बित्दासमेत पार्टीको कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन ।

महन्थ ठाकुरको नेतृत्वमा गठन भएको तत्कालिन जनता समाजवादी पार्टी नेपालबाट विभाजित भई यही ९ भदौंमा लोसपा नेपाल गठन भएदेखि नै कार्यकारिणी समितिको बैठक बस्न नसकेको हो ।सो पार्टीको एक मात्रै आधिकारिक निकाय कार्यकारिणी समितिको बैठक बस्न नसक्दा राजनीतिक समिति र केन्द्रिय समितिसहित भातृ र शुभेच्छुक संस्थाहरु गठन हुन सकेको छैनन् ।

गठन भएको पाँच महिनासम्म कार्यकारिणी समिति बैठक नबसेको अवस्थामा दुई जनाले पार्टी छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *