मैले पार्टीमा कसैमाथि विभेद गरेको छैन : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा कुनैपनि विभेद नगरेको बताएका छन् । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ गराउँदै अध्यक्ष लिङ्देनले आवश्यकताअनुसार आफूले पार्टीका नेताहरूलाई केन्द्रीय समितिमा ल्याएको बताए ।
मनोयनका विषयमा केही भ्रम आएको भन्दै उनले आफूले विधानअनुरूप समावेशीतालाई पूर्णता दिने पनि बताए । उनले असन्तुष्ट पक्षलाईसमेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने बताए । लिङ्देनले राजसंस्था, हिन्दुराष्ट्रको मुद्दासँगै मुलुकको अन्य मुद्दालाई पनि स्थापित गर्न सदन र सडकमार्फत संघर्ष गर्ने बताए ।
पार्टीका पूर्व अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य मनोनयन गर्दा एक्लौटी भएको आरोप लगाएका थिए ।