प्रोग्रेशिभ फाइनान्सको लाभांश परिमार्जन
प्रोग्रेशिभ फाइनान्सको लाभांश परिमार्जन भएको छ । कम्पनीको पुस २८ गते बसेको संचालक समितिको बैठकले राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो ।
बैंकलाई राष्ट्र बैंकले कर सम्बन्धी प्रावधानमा केही फेरबदल गर्न निर्देशन दिएको थियो । जसका कारण खुदनाफामा फेबदल भएको र लाभांश पनि परिमार्जन गर्नु परेको बैंकले जनाएको छ ।
बैंकले यस अघि हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०।३६८४ रुपैयाँ नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । अब भने बैंकले ६ प्रतिशत बोनस शेयर र ०.३१५७ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको उक्त प्रस्ट नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि बुक क्लोज गरिसकेकोले कम्पनीको ७ प्रतिशत बोनसमा नै मूल्य समायोजन भईसकेको थियो । अटर अब बोनस दर ६ प्रतिशत कायम गरिएकोले यस अघि गरिएको समायोजन के हुन्छ भन्ने प्रश्न उठेको छ । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुली यस विषयमा समबन्धित विभागले नै निर्णय गर्ने बताउछन् ।