नेप्सेमा नेशनल माइक्रोफाईनान्सको शेयर मूल्य समायोजन


नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेशनल माइक्रोफाईनान्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभाको लागि आज माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।

कम्पनीको ४० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २६१४.२९ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६६० रुपैयाँ थियो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले माघ ६ गते धादिङको क्रिक रिसोर्टमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने १६ करोड ७६ लाख २१ हजार ४ सय २१ रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६ सय ७७ दशमलव ६३ पैसा नगद लाभांश गरि कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड ९० लाख ५३ हजार ५ सय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *