अधिवेशन माग गर्दै नेपाल विद्यार्थी संघको दबाबमूलक अभियान
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको अधिवेशन माग गर्दै दबाबमूलक गतिविधि सुरु भएको छ । महाधिवेशनको माग गर्दै दबाबमूलक गतिविधि अभियान सञ्चालन गर्ने निष्कर्षमा विद्यार्थी नेताहरू पुगेका हुन् । उनीहरूले अभियान सञ्चालन गर्न समिति बनाएका छन् । समितिमार्फत एक सातादेखि दबाबमूलक गतिविधिको तयारी भइरहेको संयोजक तथा विद्यार्थी नेता ताराबहादुर थापाले जानकारी दिए ।
दबाबका कार्यक्रम तय गर्न उनीहरूले निरन्तर छलफल अघि बढाइरहेका छन् । संयोजक थापाका अनुसार पार्टी समक्ष अधिवेशनको माग गर्दै ज्ञापन पत्र बुझाइने तयारी भएको छ । अब तत्काल पार्टी नेतृत्व समक्ष ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराउने हामी तयारीमा छौँ,” उनले भने, “पार्टीले सम्बोधन नगरे दबाबका लागि गतिविधि देशव्यापी रूपमा अघि बढाउँछौं ।”