प्रिमियर इन्स्योरेन्सको ५ लाख ३८ हजारभन्दा बढी संस्थापक शेयर लिलामीमा
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले पुस २६ गते सोमवारदेखि संस्थापक तर्फको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता रू। ३९५ तोकेर विद्यमान संस्थापक तथा अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी माघ ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता वा अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा पुस २६ गतेपछि घोषणा हुने लाभांश तथा बोनस शेयर समेत प्राप्त गर्न सकनेछन् । कम्पनीले गत आर्थिक वर्ष ०७७र७८ को मुनाफाबाट भने लाभांश प्रस्ताव गरिसकेको छ ।
कम्पनीको मंसिर ३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।