गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रदेशमा पनि संयन्त्र गठन गरिने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि चुनावी गठबन्धन गरेका दलहरूले आफ्ना उमेदवारलाई जिताउन संयन्त्रको निर्माण गरेका छन् । सत्ता गठबन्धनमा समेत रहेका दलहरूले सातै प्रदेशमा आफ्ना उमेदवारलाई जिताउन प्रदेशगत संयन्त्र निर्माण गरेका हुन् ।
सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको आज बालुवाटारमा बसेको बैठकले निर्वाचनकेन्द्रित गठबन्धन निर्माण गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
“राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उमेदवारहरूलाई जिताउन सात प्रदेशमा संयन्त्र बनाउने निर्णय भएको छ,” उनले भने ।