नबिल बैंक सहित पाँच कम्पनीको शेयरमूल्य समायोजन


नेप्सेले शुक्रबार पाँच कम्पनीको बोनस शेयरको समायोजन गरेको छ । नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, फरवार्ड लघुवित्त वित्तीय संस्था, गुडवील फाइनान्स र हिमालयन डिष्टीलरी लिमिटेडको मूल्य संमायोजन गरेको हो ।

पाँचवटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गरेसँगै नेप्से शेयर मूल्य संमायोजन गरेको हो । नेप्सेले कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू। ४१० तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिनको अन्तिम शेयर मूल्य रू। ४९२ आधारमा शेयर मूल्य समायोजन भएको हो त्यसैगरी फरवार्ड लघुवित्त वित्तीय संस्थाको ३५ प्रतिशत बोनस शेयरको समायोजन पछि नेप्सेले शेयर मूल्य रू। १ हजार ९६२ दशलमव ९६ तोकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य रू। २ हजार ६५० को आधारमा मूल्य समायोजन भएको हो ।

त्यस्तै गुडवील फाइनान्सको ९ दशमलव १० प्रतिशत बोनस शेयरको संमायोजन पछि नेप्सेले शेयर मूल्य रू। ५३३ दशमलव ४६ तोकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य रू। ५८२ को आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । हिमालयन डिष्टीलरी लिमिटेडको ७५ प्रतिशत बोनस शेयरको समायोजन पछि नेप्सेले शेयर मूल्य रू।३ हजार ९२५ दशमलव ७१ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य रू। ६ हजार ८७० को आधारमा मूल्य समायोजन भएको छ । त्यसैगरी नबिल बैंकको ३३ दशलमव ६० प्रतिशत बोनस शेयरको समायोजन पछि नेप्सेले शेयर मूल्य रू। १ हजार ८५ तोेकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य रू। १ हजार ४५० को आधारमा समायोजन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *