डलर सटहीमा राष्ट्र बैंकको थप कडाइ, सटहीमा आयस्रोत खुलाउनुपर्ने
अब विदेश भ्रमणमा जानेले बर्षमा २ पटकमात्रै डलर सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले डलर सटहीसम्बन्धी एकिकृत परिपत्र २०७६ मा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।देशिक मुद्रा संचिति संकुचनमा पर्ने थप भारलाई नियन्त्रण गर्न केन्द्रिय बैंकले यसअघि पनि आयातमा कडाईलगायतका निर्देशनहरु जारी गरिसकेको छ । सोहीअनुसार बुधबार डलर सटहीसम्बन्धी परिपत्रमा संशोधन गर्दै एक पटकमा १ हजार ५ सय डलरसम्म मात्रै डलर साट्न पाईने व्यवस्था गरेको हो ।
यस्तै अब डलर सटही सुविधा लिँदा स्रोतको सुनिश्चिततासमेत गर्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । यस्तो डलर सटही सुविधा लिँदा राहदानीबाहक आफै गएर लिनुपर्नेसमेत परिपत्रमा उल्लेख गरिएको छ ।