लक्षित जनसंख्याको ५० प्रतिशतले लगाए कोभिड-१९ विरुद्धको पूर्ण खोप


नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या लक्षित जनसंख्याको ५० प्रतिशत नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस १० गतेसम्म ९९ लाख ८५ हजार ५६८ जना अर्थात् ५०.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
त्यस्तै, पहिलो डोज खोप लगाउनेको संख्या एक करोड ३१ लाख १० हजार ७९ पुगेको छ, यो प्रतिशतका हिसाबले ६५।८ प्रतिशत हो ।विश्व स्वास्थ्य संगठनले लक्षित जनसंख्याको ५० प्रतिशतले खोप कभरेज भएपछि ‘बुस्टर डोज’ दिन सुरु गर्न सिफारिस गरेको छ । नेपालमा यही पुस अन्तिम सातादेखि पूर्ण खोप लगाएको तीन महिना पूरा भएका सबैलाई बुस्टर डोज खोप दिने सरकारको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *