जीवन विकास लघुवित्तको संस्थापक शेयर लिलाम विक्रीमा


जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले ४ लाख ७८ हजार ३३८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

यस कम्पनीहरुका संस्थापकहरुको नाममा बाँडफाँड भएको संस्थापक समूहको ४ लाख ७८ हजार ३३८ कित्ता हकप्रद शेयरलाई नेपाल राष्ट्रबैंकबाट बाँडफाँटको स्वीकृती नभएकाले विद्यमान अन्य संस्थापकहरुमा नेपाल राष्ट्रबैंकद्धारा घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी निर्देशन अनुसार कम्पनीले फेस भ्यालुमा विक्री गर्न लागेको हो ।सोही कारण कम्पनीका इच्छुक विद्यमान अनय संस्थापकशेयरधनीहरुले माघ १३ गते अपरान्ह ३ बजे सम्म कम्पनीको केन्द्रिय कार्यालय कटहरी मोरङमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको मूल्य प्रतिकित्ता १ सय रहेको छ । एकै व्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र आवेदन फारम दिनुपर्ने कम्पनीले जानकारी गराएको छ ।

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन भने बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *