नेप्सेमा सोमबार २७ लाख कित्ता बढी शेयर सुचिकृत


नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार २७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज शांग्रिला डेभलपमेन्ट बैंक को १० प्रतिशतले हुन आउने २७ लाख ३६ हजार ९ सय ७२ दशमलव ४२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर हरिद बिक्रि गर्न सक्ने छन् ।

बैंकको साधारणसभाले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने २७ करोड ३६ लाख ९७ हजार २ सय ४२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ४४ लाख ५ हजार १ सय १८ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि बोनस शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *