नेपाल हाइड्रो डेभलोपरले यस वर्ष ७.३७ प्रतिशत लाभांश दिने
नेपाल हाइड्रो डेभलपर लिमिटेड ले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने २ करोड ९ लाख ३० हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ११ लाख १ हजार ५ सय ७८ रुपैयाँ ९५ पैसा बराबरको नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ९० लाख रहेको छ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २८ गतेको लागि साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको अल्गी पुस १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।