एक महामन्त्री, एक सहमहामन्त्री पाउनेगरी देउवा र नेता सिटौलाबीच सहकार्य
कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच महाधिवेशनमा सहकार्य गर्नेबारे छलफल भएको छ । नेताहरूबीच सिटौला पक्षले एक महामन्त्री, एक सहमहामन्त्री पाउनेगरी छलफल भएको एक नेताले जानकारी दिए ।
सिटौला समूहका नेता भीमसेनदास प्रधानका अनुसार महामन्त्रीमा प्रदीप पौडेललाई उठाउनेबारे छलफल भएको छ ।सभापतीजीसँग कुरा अगाडि बढेको छ । तर, उहाँ (सिटौला)ले प्रदीप पौडेललाई महामन्त्रीको उमेदवार बनाउनुपर्ने बताउनुभएको छ, उनले भने ।
सहमतिपछि निर्वाचनमा सिटौला पक्षले देउवालाई साथ दिनेछ ।रामचन्द्र पौडेल पक्षले भने साझा उमेदवार अझै तय गर्न सकेको छैन । शुक्रबार रातिसम्म बसेको पौडेल समूहका नेताहरूको बैठक विना निष्कर्ष टुंगिएको छ ।