देउवापक्षीय बैठकमा यी तीन नेताले राखे महामन्त्री पदमा आकांक्षा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्षीय बैठकमा आसन्न १४औँ महाधिवेशनमा तीन नेताले महामन्त्री पदमा आकांक्षा व्यक्त गरेका छन् ।

बूढानीलकण्ठमा जारी बैठकमा वर्तमान सहमहामन्त्री डा। प्रकाशशरण महत, गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण र नेता एनपी साउदले महामन्त्रीको दाबी गरेको एक नेताले जानकारी दिए ।महामन्त्रीको उमेदवारका रूपमा हेरिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने भर्खरै बैठकमा प्रवेश गरेका छन् ।त्यस्तै, सहमहामन्त्रीमा डा। डिला संग्रौला, मीन विश्वकर्मा, मोहन बस्नेतलगायत नेताहरूले दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *