कांग्रेस महाधिवेशन : प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ
नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन स्थानमा होटेल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ ।
हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटेल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने उनले बताए । “चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटेल बुकिङको तयारी गरेका छौँँ”, पाण्डेले भने ।
समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गर्न लागेको छ ।संयोजक पाण्डेले भने, “अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ ।
” मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिएको छ ।