नेप्सेमा एक वाणिज्य सहित तीन कम्पनीको शेयरमूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार एक वाणिज्य सहित तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले एभरेष्ट बैंक, सबैको लघुवित्त वित्तीय संस्था र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
यी तीन कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । उक्त सभा प्रयोजनका मंसिर १७ गते बुक क्लोज गरेसँगै नेप्सेले बुक क्लोज पछिको मूल्य तोकेको हो । नेप्सेले एभरेष्ट बैंकको बिहीवार कायम अन्तिम शेयरमूल्य रू ५८३ को आधारमा ६ प्रतिशत बोनस शेयरपछिको मूल्य रू ५५०, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बिहीवार कायम अन्तिम मूल्य रू १ हजार ९७१ को आधारमा ३१ दशमलव ०५ प्र्रतिशत बोनस शेयरपछिको मूल्य रू १ हजार ५०४ दशमलव ०१ र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बिहीवार कायम अयिन्तम मूल्य रू ४४८ को आधारमा १० दशमलव ९३ प्रतिशत बोनस शेयरपछिको मूल्य रू। ४०३ दशमलव ८६ तोकेको हो । आइतवार समायोजपछिको मूल्यको आधारमा यी तीन कम्पनीको शेयर कारोबार खुला हुनेछ ।
एभरेष्ट बैंकले पुस १ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत ४ दशमलव ३२ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । त्यस्तै सबैको लघुवित्त वित्तीय संस्थाले पुस ३ गत पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ६३ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले भने मंसिर २९ गते १३औं वार्र्षिक साधारण सभा गर्दैछ । सभाले बोनस शेयरसँगै कर प्र्रयोजनका लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गर्नेछ।