कांग्रेसको पाहुना स्वागत तथा व्यवस्थापन समितिले पायो पूर्णता
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिु पूर्णता पाएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको गत कार्तिक २८ गतेको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन गरेको समितिले पूर्णता पाएको हो ।
समितिको सदस्यमा केन्द्रीय सदस्यहरू डा. चन्द्र भण्डारी, अम्बिका बस्नेत, मिन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डा. डिला संग्रौला रहेका छन् । यस्तै, आमन्त्रित केन्द्रीय सदस्यहरू बालकृष्ण पाण्डे र आनन्द (गोरख) विष्ट पनि समितिमा छन् ।यसैगरी सांसद दिव्यमणि राजभण्डारी, संविधान सभा सदस्य राजीव बिक्रम शाह, डा. प्रभु बुढाथोकी, पूर्व राजदूत दिनेश भट्टराई, सुशील नाहटा, दिपक महत, याङ्किला शेर्पा, आङ्छिरिङ शेर्पा र रामशरण थपलिया समितिको सदस्यमा रहेका छन् ।