इतिहास रच्दै एनएमबि बैंक बन्यो एशियाकै उत्कृष्ट बैंक


एनएमबि बैंक इतिहास रच्दै एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ। एनएमबी बैंक लिमिटेड सन् २०२१ का लागि एसियाकै सर्वोत्कृष्ट बैक बन्न सफल भएको हो।

एसियामा रहेका ४८ देशका बैंकहरुलाई पछाडी पार्दै एनएमबिले नेपालमै पहिलो पटक बैंक अफ दि एयर २०२१ एसियाु को अवार्ड जितेको हो। यसअगाडी न्युजिल्याण्ड, चाइना, सिंगापुर, र कोरियाका बैंकले यो अवार्ड जितेका थिए।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन्।

बेलायतको राजधानी लण्डनबाट प्रकाशित हुने लोकप्रिय पत्रिका ुदि बैंकरु ले बैंकलाई उक्त उपाधि दिएको हो। दि बैंकर को निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बैँकलाई छनोट गरेको हो । ।

त्यस्तै एनएमबि बैंकले ुबैंक अफ दि एयर २०२१ नेपालु को अवार्ड पनि जितेको छ। पछिल्लो ५ बर्षमा एनएमबि बैंकले ुबैंक अफ दि एयर नेपालु को अवार्ड चौथो पटक जितेको हो ।

बैंक अफ द इयर २०२१ एसियाु उपाधिले विश्वव्यापीरुपमा बैंकिङ क्षेत्रमा उसले देखाएको उत्कृष्टताको पनि पुनः परिभाषित गरेको छ । उक्त उपाधि दिँदा निश्चित केही मापदण्डलाई आधार बनाइन्छ । त्यसमा सम्पूर्ण सेयरधनी, बैंकको वित्तीय प्रदर्शन, शेयरधारकको मूल्य, ग्राहकका सन्तुष्टि जस्ता प्यारामिटरलाई हेरिन्छ ।

५ वर्षको बीचमा चार पटक बैंक अफ दि इयर नेपाल र नेपालको बैंकहरुमै पहिलो पटक ुबैंक अफ दि इयर २०२१ एसियाु उपाधि पाउँदा आफुहरु असाध्यै खुसी भएको बैंकका अध्यक्ष पावल गोल्यानले जनाएका छन्।

एनएमबिले आफैंलाई बैंकको रूपमा जुन काम भिन्न तरिकाले गर्दै आएको छ, त्यसले उसलाई संस्थागत विकास मात्रै नगरी सफल बैंकको रुपमा समेत अनुवाद गरेको छ । एनएमबिले नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला कर्जा विस्तार तथा डिजिटलाइजेशनलाई समेत केन्द्रबिन्दुमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *