कांग्रेस महाधिवेशनका लागि गठित आर्थिक समितिमा सदस्य र सल्लाहकार नियुक्त


नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा १३ जना सदस्य मनोनयन भएका छन् । आर्थिक समितिका संयोजक एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र तीन जना सल्लाहकार नियुक्त गरेका छन् ।

कार्की संयोजक रहेको समितिमा उमेश श्रेष्ठ, दिपक खड्का, जीप छिरिङ लामा, मोहन आचार्य, इन्द्र बाँनिया, अनिल रुगटा, महेश जाजु, विरेन्द्र कनोडिया, रामकेष्ण भट्टराई र दयाराम पाण्डे सदस्य रहेका छन् । समितिको सल्लाहकारमा दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी, विनोद चौधरी र पाल्टेन गुरुङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *