अधिवक्ताहरुको आन्दोलनमाथिको हस्तक्षेपलाई नेपाल बारले अन्तर्राष्ट्रियकरण गर्ने


नेपाल बार एशोसिएशनले विहिवार सर्वोच्च अदालतमा प्रहरीले अधिवक्ताहरुको आन्दोलनमाथि गरेको हस्तक्षेपलाई अन्तर्राष्ट्रियकरण गर्ने जनाएको छ।न्यायको मन्दिरभित्र शान्तिपूर्ण आन्दोलन गरिरहेका बार सदस्यहरुमाथि हतियारधारी प्रहरी प्रयोग गर्दै दमन गरिएको भन्दै बारले उक्त घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बताएको हो।

अदालत परिसरमा दंगा प्रहरीले बारको आन्दोलनमा हस्तक्षेप गरेपछि विहिबार पत्रकार सम्मेलन गर्दै बारका उपाध्यक्ष इश्वरी प्रसाद भट्टराईले घटनाले स्वतन्त्र न्यायपालिकामाथि नै प्रहार भएको बताए।बारमा भएको घटनाको छानबिन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकार आयोगलाई आह्वान गर्छौ उनले भने।दंगा प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने प्रयास गरेको बारले जनाएको छ।

भट्टराईले अधिवक्तामाथि आक्रमण गर्ने उद्देश्यसहित बार परिसरभित्र केही व्यक्ति प्रवेश गरेको घटनाबारे पनि छानबिन हुनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *