प्रहरी हस्तक्षेपविरुद्ध बार आक्रोशित,गृहमन्त्रीलाई चेतावनी


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भएको आन्दोलनमा प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ ।
सर्वोच्च अदालतमा बिहीवार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित कानून व्यवसायीहरू घाइते भएका थिए ।सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले बारको प्रदर्शनमा हस्तक्षेप प्रधानन्यायाधीशको निभ्न लागेको बत्तीको संज्ञा दिए ।नेपाल बारका पूर्वअध्यक्ष हरिहर दाहालले बारको आन्दोलनमा भएको प्रहरी हस्तक्षेप प्रधानन्यायाधीशको ‘विनासकाले विपरीत बुद्धि’ जस्तो भएको टिप्पणी गरे ।

उनले न्याय मन्दिरको प्राङ्गणमा दंगा प्रहरी ल्याएको भन्दै गृहमन्त्री बालकृष्ण खाणको आलोचना गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *