भ्रष्ट प्रधानन्यायाधीशले तोकेको इजलासमा बस्नेहरू दूषित बन्नेछन् : शम्भु थापा
वरिष्ठ अधिवक्ता शम्भु थापाले बारले भ्रष्ट भन्दै अस्वीकार गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको इजलासमा बस्न तयार रहेको हो भनी सर्वोच्चका न्यायाधीशहरूसँग प्रश्न गरेका छन् । उनले भ्रष्ट प्रधानन्यायाधीशले तोकेको इजलासमा बस्नेहरू दूषित बन्ने आरोप लगाए ।
प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा निषेध गर्ने भन्दै बारले सर्वोच्चको गेटमा धर्ना दिएपछि बुधवार बार प्रांगणमा आयोजित कार्यक्रममा थापाले अब जबरालाई प्रधानन्यायाधीश मान्नै नसकिने बताएका हुन् । रञ्जन कोइराला मात्र नभई दर्जनौँ मुद्दामा जबराले घुस खाएको प्रमाण दिन आफू तयार रहेको थापाले बताए ।