४४ प्रतिशतले बढ्यो सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा ५५ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ४४ प्रतिशतले खुद बीमा शुल्क बृद्धि भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३८ करोड २४ लाख रुपैयाँ बीमा शुल्क कमाएको थियो ।
कम्पनीको खुद मुनाफामा पनि २४।७८ प्रतिशतले सुधार भएको छ । तीन महिनाको अवधिमा कम्पनीले ४ करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । गत वर्षको सोहि अवधिमा तीन करोड ५१ लाख रुपैयाँ मुनाफा कमाएको थियो । कम्पनीले जीवन बीमा कोष एक अर्ब १८ करोड रुपैयाँबाट २ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ ।
यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४ करोड ५० लाख रुपैयाँ गरेको छ । चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको सानिमा लाइफको जगेडा कोषमा २८ करोड ७२ लाख रुपैयाँ जम्मा भएको छ ।