प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन रोकिन्न् : नेपाल बार
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नआएसम्म जारी आन्दोलन नरोक्ने निर्णय गरेको छ । आइतवार सर्वोच्च अदालत परिसरमा झण्डै डेढ घण्टा धर्नापछि बारको पांगणमा आयोजित कार्यक्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन नरोकिने बताएका हुन् ।
‘उहाँले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गरेका छौं । चोलेन्द्रको राजीनामापछि अदालत सुधारको दोस्रो अध्याय हो । आन्दोलनको रुप फेरिएर अझ सशक्त बन्छ तर प्रधानन्यायाधीशको राजीनामा नभएसम्म आन्दोलन रोकिँदैन,’ श्रेष्ठले भनेका छन् ।