४६ प्रतिशतले बढ्यो बुटवल पावरको नाफा
बुटवल पावर कम्पनीले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा ५ करोड १८ लाख ५७ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर ७ करोड ५८ लाख ९ हजार रुपैयाँ पुगेको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा मा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा १९ करोड ३ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा बढेर २० करोड ७६ लाख ७३ हजार रुपैयाँ पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब ९५ करोड १३ लाख रुपैयाँ रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी २ दशमलव ५२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९४ दशमलव ५५ टाइम्स र प्रतिशेयर नेटवर्थ २४० दशमलव ०७ रुपैयाँ रहेको छ ।