आइतबार पनि सर्वोच्चको मूल गेट ‘कब्जा’ गर्ने नेपाल बारको घोषणा


नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीले आज सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै अधिवक्ताहरू आन्दोलनमा उत्रिएका हुन् ।

आज बिहान १० देखि मध्याह्न १२ बजेसम्म दुई घण्टा सर्वोच्चको मूल गेटअगाडि धर्ना दिइएको हो । बारले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई जारी राख्ने जनाएको छ ।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आउँदो आइतबार पनि सर्वोच्चको मूल गेटमा दुई घण्टा धर्ना दिइने जानकारी दिए । धर्नामा सहभागी हुन उनले कानुन व्यवसायीलाई आग्रह समेत गरे ।

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन मूल गेटमा धर्ना दिइएको हो । यद्यपि, प्रधानन्यायाधीश जबरा भने धर्ना छल्दै महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट भित्र प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *