नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने


नेकपा माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । नेकपा माओवादी केन्द्रको मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११-१३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीको सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बैठकले ५ दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *