६० लाख डोज फाइजरको खोप खरिदका लागि स्वीकृति दिने सरकारको निर्णय


सरकारले ६० लाख डोज फाइजरको खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० लाख ९०० डोज फाइजर खोप खरिदका लागि गरेको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद् बेठकले स्वीकृति दिने निर्णय गरेसँगै खोप ल्याउने बाटो खुलेको हो ।

१८ वर्षसम्मका बालबालिकाका लागि लगाउन ६० लाख डोज खोप आगामी डिसेम्बरभित्र ल्याउने मन्त्रालयले जनाएको छ । नेपालमा कोभ्याक्स सुविधामार्फत् आएको एक लाख ६२० डोज फाइजरको खोप यही २८ गतेदेखि १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घरोगीलाई दिइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *