यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८४ पैसा र विक्रिदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । राष्ट्र बैकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३७ रुपैयाँ ४७ पैसा र बिक्रिदर १३८ रुपैयाँ १६ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९७ पैसा र बिक्रिदर ८८ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४० पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यसैगरि, जापनीज ऐन दशको खरिददर १० रुपैयाँ ४८ पैसा र बिक्रीदर १० रुपैयाँ ५३ पैसा रहेको छ । कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको छ । यता, मलेरियन रिग्रेटको एकको खरिददर २८ रुपैयाँ ५७ पैसा र बिक्रीदर २८ रुपैयाँ ७१ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *