इराकमा प्रधानमन्त्री निवासमा बिहानै ड्रोन आक्रमण


इराकी प्रधानमन्त्रीको निवासमा आज बिहानै ड्रोनबाट हमला भएको छ ।

प्रधानमन्त्री मुस्तफा अल कदिमीको निवासमा आज बिहानै हमला भए पनि उनी भने सुरक्षित रहेको बीबीसीले जनाएको छ ।इराकको सेनाका अनुसार उक्त हमला प्रधानमन्त्रीको हत्या गर्नमा केन्द्रित थियो । यो आक्रमण बगदादको ग्रीन जोन क्षेत्रमा भएको थियो । प्रधानमन्त्रीले पनि सामाजिक सञ्जालमार्फत आफू सुरक्षित रहेको बताएका छन् ।

आफ्नो निवासमा आक्रामण भएपछि प्रधानमन्त्री त्यहाँबाट भागेका थिए । इराकी सेनाका अनुसार ड्रोन आक्रमणबाट प्रधानमन्त्रीको सुरक्षामा खटिएका ६ जना घाइते भएका छन् । अमेरिकाले भने उक्त आक्रमणलाई आतंककारी गतिविधि भन्दै अनुसन्धानमा सहयोग गर्ने बताएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *