इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९८ जनाको मृत्यु


इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९८ भन्दा बढीको मृत्यु भएको छ।

देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९८ जनाको मृत्यु भएको त्यहाँका उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले बताए। घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। ९२ जना मानिसहरु उक्त घटनामा परी घाइते भएको बताइएको छ।

जाल्लोहका अनुसार अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन्। उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि ९० भन्दाबढीको मृत्यु भएको जनाएका छन् । घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *