लाइसेन्सको अनलाइन प्रणाली पुन: संचालनमा


सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली पुन: संचालनमा आएको छ। प्राविधिक समस्या आएको भन्दै मर्मतका लागि बन्द गरिएको प्रणाली सोमबार बेलुकीबाट संचालनमा ल्याइएको यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुसालले बताए।

विभागले ६ महिनापछि कात्तिक ८ गतेबाट आवेदन प्रणाली संचालनमा ल्याएको थियो। कात्तिक ८ गते संचालनमा ल्याइएको प्रणाली चार दिनपछि ११ गते प्राविधिक समस्या आएको भन्दै बन्द गरिएको थियो। त्यसको ५ घण्टापछि आंशिक रुपमा संचालनमा आएको प्रणाली आइतबार पुन: बन्द गरिएको थियो।

त्यसको दुई दिनपछि सोमबारबाट प्रणाली पुन: संचालनमा आएको छ। प्रणालीमा बारम्बार समस्या आइरहन्छ। त्यसको दीगो समाधानका लागि विभागसँग योजना भने छैन।

निषेधाज्ञा जारी गरेका कारण बैशाख १६ गतेदेखि ट्रायल परिक्षा र अनलाइन आवेदन दुवै रोकिएको थियो। दशै अघि नै ट्रायल परिक्षा संचालनमा आएपनि अनलाइन आवेदन प्रणाली बन्द थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *