पूर्वराजा ज्ञानेन्द्रका मान्छेलाई केपी ओलीले गणतन्त्र उल्ट्याउने आश्वासन दिएका छन्


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका छन् । सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका हुन् ।

उनले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्ति गणतन्त्र नै सक्न लागिपरेको आरोप लगाएका हुन् । उनले पार्टी अब नयाँ संकल्पसहित पुनः अघि बढ्नुपर्ने बताए । उनले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप लगाए । “अलिकति हामी शिथिल हुँदा, माओवादी विभाजित हुँदा र पार्टीका नेता कार्यकर्ताहरु अलिकति व्यक्तिगत काममा लाग्दा वा विचारमा, राजनीतिमा, संगठनमा जसरी लाग्नु पर्ने हो ।
त्यसरी नलाग्दा, हिजो हामीसँग बाध्य भएर सम्झौता गर्नेहरुले सोचे अब माओवादी सकिन थालेको छ, यही बेलामा यो संविधान पनि च्यात्ने, संघीय लोकतान्त्रिक गणतन्त्र पनि घाँडो हो, यसलाई पनि हटाउनु पर्छ,” उनले भने, “धर्म निरपेक्ष पनि ठिक छैन । समावेशी समानुपातिक भनेर दलित, महिला, जनजाती, मधेशी, मुस्लिम सबैलाई राज्य संयन्त्रमा तलदेखि माथिसम्म प्रतिनिधित्व गराउने यो माओवादी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *