संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य,एमालेको लगातार अवरोध


संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको कार्तिक ११ को सिफारिस अनुसार कार्तिक १२ गते शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन् ।संघीय संसदका महासचिव डा भरतराज गौतमले एक विज्ञप्ति जारी गर्दै दुवै सदनको चालु अधिवेशन अन्त्यको जानकारी गराएका हुन् ।

संसद अधिवेशन गत भदौ २३ गतेदेखि शुरु भएको थियो । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गर्दा संसदका कुनै पनि बैठक सुचारु हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *