मध्य भोटेकोशीको आईपीओ बाँडफाँडको मिति तय


मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असोज २० गते, बुधबारबाट असोज २५ गते, सोमबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड कार्तिक १२ गते, शुक्रबार हुने भएको छ । उक्त आईपीओको बाँडफाँड शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा हुने तय भएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट वितरण गरिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *