नेपाल सेवा लघुवित्त र विन लघुवित्तले एकिकृत कारोबार कात्तिक १५ गतेबाट सुरु गर्ने


नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्तले कात्तिक १५ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले विन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर विन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेको हो ।

नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्थाविच गत वर्षको मंसिर ३० गते मर्जर सम्वन्धि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो । दुबै संस्थाहरुले गत जेठ २४ गतेको साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । यी दुई संस्थाविच १०० बराबर ७५ को शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जर प्रकृया सम्पन्न हुन लागेको हो ।

एकिकृत कारोबारपश्चा बन्ने विन नेपाल लघुवित्तको अधिकृत पूँजी २० करोड र जारी तथा चुक्तापूँजी ७ करोड ७१ लाख ३७ हजार ५०० रुपैयाँ कायम हुनेछ । मर्जर प्रयोजनका लागि गत पुस १ गतेदेखि नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *