अर्जुनलाई नै किन दिए कृष्णले गीता ज्ञान ? यस्तो छ खास कारण


श्रीमद्भगवद् गीतमा अनेक प्रकारका योग पद्धति बताइएको छ । भक्ति योग, कर्म योग, ज्ञान योग, हठ योग । योग शब्दको अर्थ हुन्छ जोड्नु । यसको अर्थ हो कि कसरी हामी ईश्वरसँग जोडिने । यो ईश्वरसँग पुन जोडिने या सम्बन्ध बनाउने साधन हो । कालक्रममा श्रीकृष्णद्वारा दिएको यो योग लुप्त भएको थियो । तर यस्तो किन भयो ?
के जुन समय श्रीकृष्ण अर्जुनसँग श्री गीता भनिरहनु भएको थियो त्यस समय विद्वान साधु थिएनन् ? थिए । त्यस समय अनेक साधु सन्त थिए । के त्यस समय विद्वान थिएनन्, विद्वान पनि थिए ।

श्री कृष्णले सबै विद्वाहरुलाई छोडेर अर्जुनलाई नै सुपात्र किन मान्नुभयो ? अर्जुन त्यस्ता कुनै विद्वान थिएनन् न योगी न ध्यानी । उनी त युद्धमा लड्नका लागि शूरवीर थिए । त्यस समय अनेक महान ऋषि जीवित थिए र श्रीकृष्णले चाहेको भए भगवद् गीताको ज्ञान प्रदान गर्न सक्नुहुन्थ्यो । 
यसको उत्तर यही हो कि सामान्य व्यक्ति भए पनि अर्जुनको सबैभन्दा ठूलो विशेषता थियो, ‘भक्तो sसि मे सखा चेति’ तिमी मेरो भक्त तथा साथी हौं । 

यही अर्जुनको अतिरिक्त विशेषता थियो जो ठूला ठूला साधुमा थिएन । अर्जुनलाई थाहा थियो कि कृष्ण भगवान हुनुहुन्छ । अतः उनी कृष्णलाई गुरु मानेर समर्पित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *