मेलम्ची खानेपानी आयोजना पुर्निर्माण अन्योल


मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण अनिश्चित बनेको छ । बाढीपहिरोले क्षति पुगेको ४ महिना बितिसक्दा समेत आयोजनाको क्षतिको यकीन हुन सकेको छैन । यसले आयोजना निर्माणमा अन्योल बढाउँदै लगेको छ ।कात्तिक महिनासम्म पनि वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुलमा थप क्षति भएको मेलम्ची खानेपानी विकास समितिले बताएको छ । आयोजनाले केही समय पहिले नै मर्मत शुरू गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *