लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारण सभा


सिटिजन्स बैंकले लाभांश पारित गर्न पन्ध्रौं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, दरबारमार्ग, काठमाडौंमा कात्तिक १६ गते साँझ ४ बजे साधारण सभा बोलाएको हो। साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १२।९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड ४० लाख रुपैयाँ र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख रुपैयाँ नगद लाभांश ९कर सहित० पारित गर्नेछ।

यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकको पनि निर्वाचन गर्नेछ।

बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारमा जान उपयुक्त देखिए बैंकको चलरअचल सम्पत्ति र दायित्व तथा कारोबार मूल्याङ्गन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने तथा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सोको प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *