सुजाता कोइरालालाई मन्त्री बनाउन देउवा समूहको सक्रियता किन?
प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेताहरू नेत्री सुजाता कोइरालालाई मन्त्री बनाउने कसरतमा जुटेका छन्। नेपाली कांग्रेसको संस्थापन इतर समूहमा रहेकी कोइरालालाई मन्त्री बनाउन पाए महाधिवेशनका लागि देउवालाई सहज हुने ती नेताहरूको बुझाइ छ।
सरकार गठनको तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका देउवा क्याबिनेटमा एक मन्त्रालय खाली छ। उद्योगमन्त्रीमा नियुक्ति पाएको तीन दिनमै गजेन्द्र हमालले राजीनामा दिएपछि देउवा क्याबिनेटको एक मन्त्रालय खाली भएको हो। उक्त मन्त्रालयमा कांग्रेसबाट नै मन्त्री बन्नेछन्।
मन्त्री पद नपाएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाप्रति असन्तुष्ट बनेकी सांसद सुजातालाई मन्त्री बनाउन देउवा निकटका नेताहरु लागिरहेका हुन्।