ऐतिहासिक अवसरबाट चुक्यो नेपाल,भारतलाई आठौँपटक उपाधि
साफ च्याम्पियनसीपको उपाधि भारतले जितेको छ। माल्दिभ्समा भएको प्रतियोगिताको फाइनल खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारतले उपाधि जितेको हो। यससँगै भारतले ८ पटक साफ उपाधि जितेको छ।
मुसलधारे वर्षाबिच भएको खेलको पहिलो हाफमा कुनै गोल हुन सकेको थिएन। दोस्रो हाफको ४९ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। उनको गोल लगत्तै ५० औं मिनेटमा भारतकै सुरेश क्षेत्रीले गोल गरेका थिए। ८९ मिनेटमा भारतका शहल शमदले गोल गर्दै नेपालविरुद्ध ३(० को अग्रता दिलाएका थिए।
खेलको अन्तिम समयसम्म नेपाली खेलाडीहरुले गोल गर्ने धेरै प्रयास गरेपनि उनीहरु असफल रहे।