यस वर्ष नेपाल इन्भेष्टमेण्ट बैंकले वितरण गर्ने लाभांश हालसम्मकै कम


नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज १७ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा ११ दशमलव २४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यस वर्ष बैंकको लाभांश हालसम्मकै कम हो । विगतका वर्षहरुमा ४१ प्रतिशतसम्म लाभांश वितरण गरेको बैंकले यस वर्ष कम लाभांश प्रस्ताव गरेको हो । बैंकले वितरण गरेको लाभांशको इतिहासलाई हेर्ने हो भने आर्थिक वर्ष ०७२/७३ को मुनाफाबाट हालसम्मकै उच्च ४१ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त वर्षको मुनाफाबाट बैंकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत २१ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

त्यसपछिका दुई आर्थिक वर्ष एउटै अनुपातमा ४० प्रतिशत लाभांश वितरण गरेको बैंकले विगत दुई आर्थिक वर्षभने २० प्रतिशतभन्दा कम लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष ०७५/७६ को लागि १९ प्रतिशत र ०७६र७७ को लागि १८ दशमलव ५० प्रतिशत लाभांश बैंकले वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *