साफ फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा
साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने भएको छ। माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो। यसअघिको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा८ रोक्दै फाइनलमा पुगेको थियो।
भारतकका लागि मनविर सिंहले खेलको ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए। माल्दिभ्सका अलि अस्फाकले ४५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए। खेलको दोस्रो हाफमा भने भारतको दबाब देखिएको थियो। भारतीय कप्तान सुनिल क्षेत्रीले ६२ औं र ७१ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई फाइनल पुर्याएका थिए।
यता,नेपाली फुटबल टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो। नेपाल हालसम्म साफको सेमिफाइनलसम्म मात्रै प्रवेश गरेको थियो।साफ उपाधिका लागि अब नेपाल र भारतबिच शनिवार राति प्रतिस्पर्धा हुनेछ।