ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस शेयर वितरण गर्ने
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ ।ग्लोबल आइएमई लघुवित्तले हाल कायम चुक्तापूँजी ४३ करोड १७ लाख १० हजार रुपैयाँको आधारमा उक्त बोनस शेयर वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीको असोज १९ गतेको सञ्चालक समितिको बैठले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।