कांग्रेसमा अहिले देखिएको यथास्थितिबादले जनताको विश्वास जित्न सकिंदैन् : गगन थापा


नेपाली कांग्रेसका नेता गगन थापाले नागरिकको बिचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए ।

उनले कांग्रेसमा देखिएको अहिलेको यथास्थितिबादले जनताको विश्वास जित्न नसक्ने बताए । “आज जसरी पार्टी चलेको छ यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,” उनले भने । नेता थापाले कांग्रेसभित्र सुद्धिकरण आवश्यक भएको पनि बताए । तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो । “कांग्रेसभित्र ठूलो सुदृढिकरण र सुधारको खाँचो छ,” उनले भने, “हामीलाई खुला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ । नागरिकको टुटेको मन जोड्ने कांग्रेस चाहिएको छ ।”

नेता थापाले आउँदो तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *