आज देखि नेकपा एमालेको विधान महाधिवेशन


नेकपा एमालेको विधान महाधिवेशन आज (शुक्रबार)ललितपुरमा सुरू हुँदैछ ।

ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा मध्याह्न साढे १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तयारी छ ।उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप(महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कोरोना महामारीप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरू सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको छ।विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुने एमालेले जनाएको छ ।

प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *