राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध विस्तारमा अमेरिका भ्रमण सफल : परराष्ट्रमन्त्री


परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध विस्तारमा आफ्नो अमेरिका भ्रमण सफल भएको बताएका छन् ।

अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी भइ बिहीबार स्वदेश फर्केलगतै त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले महासभामा कोभिड १९ महामारी, जलवायु परिवर्तन, दीगो विकास लक्ष्यसहितका विषयमा नेपालको स्पष्ट धारणा राखेको जानकारी दिए ।महासभामा नेपालको प्रतिनिधित्व गर्दै आफूले अल्पविकसित एवं भूपरिवेष्टित देशको रूपमा नेपालको विकासका संरचनात्मक चुनौती अद्वितीय रहेको बताएको उनले बताए ।

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसंघसँगको सहकार्यबारे पनि छलफल भएको छ। सो क्रममा नेपाल र अन्यदेशको सम्बन्धका बारेमा पनि कुराकानी गरेको छु, त्यसले हाम्रो कुटनीतिक सम्बन्ध विस्तारमा मद्दत मिलेको विश्वास छ’, खड्काले भने ।

नेपालको परराष्ट्र नीति आपसी समझदारी र अन्तर्राष्ट्रिय परिवेश अनुसार बनाउनुपर्नेमा उनले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *